शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • दुई बालक हत्या प्रकरण : घटनास्थलमा तालिम प्राप्त कुकुर

दुई बालक हत्या प्रकरण : घटनास्थलमा तालिम प्राप्त कुकुर

कलैया उपमहानगरपालिका- ७ रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको मृत्यु बारे अनुसन्धान गर्न तालीम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ। 
 |  मंगलबार, जेठ ४, २०७८
nespernesper

जियालाल साह

जियालाल साह

मंगलबार, जेठ ४, २०७८

vianetvianet
triton college
National life insurance

पर्सा - कलैया उपमहानगरपालिका- ७ रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको मृत्यु बारे अनुसन्धान गर्न तालीम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ। 

तालीम प्राप्त कुकुरसहित प्राविधिकको टोली परिचालन गरिएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए। थप अनुसन्धान गर्न सहज होस् भनेर कुकुर मगाएको उनले बताए।

थप टोली प्रदेश प्रहरी कार्यालयबाट आउने क्रममा रहेकाले अहिले नै सबै कुरा खुलाउन नहुने उनले बताए। कलैया उपमहानगरपालिका-७ निवासी अब्दुल अंसारीका दुई छोरा सोमबार बेलुकादेखि बेपत्ता भएका थिए। उनीहरूको आज बिहान शव मदर्शा नजिकै भेटिएको हो। अहिले घटनास्थललाई प्रहरीले सील गरेको छ। सादा पोशाकमा प्रहरीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: May 18, 2021| 07:06 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।