बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रियसभाको उपनिर्वाचनमा सहयोग माग्न बादल पुगे नेपाल निवास 

राष्ट्रियसभाको उपनिर्वाचनमा सहयोग माग्न बादल पुगे नेपाल निवास 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा एमालेका नेता माधव कुमार नेपालको निवास कोटेश्वर पुगेका छन्।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा एमालेका नेता माधव कुमार नेपालको निवास कोटेश्वर पुगेका छन्।

बिहीबार हुने उपनिर्वाचनमा आफूलाई सहयोगका लागि आग्रह गर्न बादल नेपाल निवास पुगेका हुन्। उपनिर्वाचनमा सहयोग र पार्टीमा देखिएको विवादका बारेमा अहिले वार्ता जारी रहेको बादलको सचिवालयले जनाएको छ। 

बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेले गृहमन्त्रीसमेत रहेका बादललाई उम्मेदवार बनाएको छ। नेपाल समूहको मत आफ्नो पक्षमा पार्न सुनिश्चितताका लागि बालल नेता नेपाल निवास पुगेका हुन्। एमालेले बादलको पक्षमा मतदान गर्न सोमबार पार्टीमा ह्विप जारी गरिसकेको छ।

प्रकाशित: May 18, 2021| 08:15 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।