बुधबार, भदौ १०, २०८३

भारतमा प्लाज्मा थेरापीमा रोक

भारतमा कोरोना संक्रमितको उपचारमा प्रयोग हुँदै आएको प्लाज्मा थेरापी बन्द गरिएको छ।   
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं– भारतमा कोरोना संक्रमितको उपचारमा प्रयोग हुँदै आएको प्लाज्मा थेरापी बन्द गरिएको छ।   

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले कोरोना संक्रमितको उपचारका लागि तयार गरिएको क्लिनिकल गाइडलाइनमा परिवर्तन गर्दै प्लाज्मा थेरापीमा रोक लगाएको हो। प्लाज्मा थेरापीबाट संक्रमितको स्वास्थ्यमा सुधार आएको कुनै प्रमाण नभएको बताइएको छ। 

आईसीएमआरले पछिल्लो वर्ष ४०० जना बिरामीमा प्लाज्मा थेरापीको परीक्षण गरेको थियो। त्यस क्रममा यो थेरापीको खासै फाइदा नदेखिएकाले रोक लगाइएको हो। अन्य देशमा भएका अध्ययनले पनि प्लाज्मा थेरापीको प्रभावकारिता देखिएको छैन। 

संक्रमितका लागि प्रयोग हुँदै आएको हाइड्रोक्सोक्लोरोक्विन औषधिले पनि बिरामीलाई फाइदा नपुगेको विभिन्न अध्ययनले देखाएका छन्। कोरोना संक्रमण भएर निको भइसकेको व्यक्तिको रगत लिएर संक्रमितको उपचारमा प्रयोग गर्ने पद्धति नै प्लाज्मा थेरापी हो। 
 

प्रकाशित: May 18, 2021| 07:01 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।