केही समययता राजनीतिक भेटघाटलाई तिव्रता दिएका नेकपा माओवादी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले शुक्रबार राप्रपा अध्यक्ष कमल थापासहितका नेताहरुलाई भेटेका छन्।
नेपालमा जेठ ३ गते नेपालगञ्जका बिरामी कोभिडको दोस्रो लहरपछि पहिलोपटक कालो ढुसीको समस्या लिएर त्रिवि शिक्षण अस्पताल पुगेका थिए। अस्पतालमा मात्रै ३ महिनाको अवधिमा १८ जना बिरामी भर्ना भएका छन्।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ४६ जनाले ज्यान गुमाएका छन्। गत आर्थिक वर्ष २०७७/७८ मा भएको १३२ सवारी दुर्घटनामा परेर उक्त सङ्ख्यामा ज्यान गुमाएका हुन्।
निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस संक्रमणको ग्राफ पनि उकालो लागको छ। पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा संक्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार ६ जना कम्युनिस्ट नेताहरूले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन्। शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा ६ शीर्ष कम्युनिस्ट नेताहरूले सम्बोधन गर्ने भएका हुन्।
एमाले विवाद समाधान कार्यदलमा नेपाल पक्षबाट संयोजकसमेत रहेका रावलसहितको कार्यदलले एकताका लागि १० बुँदे सहमति गरेको प्रति नेता नेपालले असन्तुष्टि व्यक्त गरेसँगै सांसद पदबाट राजीनामा दिएका थिए।
सिंहमा तानाशाही प्रवृत्ति देखिएको र पार्टीलाई आतंकित पारेको दाबी उनीहरूको छ। सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित सिंहलाई कारवाही गरी तानाशाही र आतंकित पार्ने गतिविधिबाट पार्टी बचाउन उनीहरूको माग...