बिहीबार, भदौ ४, २०८३

खोप प्रमाणीकरणका लागि थप तीन अस्पताल तोकिए

आज शुक्रबारदेखि काठमाडौं उपत्यकाका ४ स्थानबाट कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र वितरण हुने भएको छ।
 |  शुक्रबार, साउन ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ८, २०७८

काठमाडौं– आज शुक्रबारदेखि काठमाडौं उपत्यकाका ४ स्थानबाट कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र वितरण हुने भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै ४ वटा अस्पतालबाट प्रमाणपत्र दिने निर्णय गरेको हो। 

वैदेशिक रोजगारमा जाने कामदारले खोप लगाएको प्रमाणपत्र लिन सास्ती पाएको भन्दै चौतर्फी आलोचना भएपछि मन्त्रालयले आजबाट सहजीकरण गर्न लागेको हो ।

यसअघि काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट मात्र प्रमाणपत्र वितरणको व्यवस्था गरिएको थियो। आजदेखि नयाँ बानेश्वरको मिनभवनस्थित सिभिल अस्पताल, ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा सेवा थप गरिएको छ।

प्रकाशित: Jul 23, 2021| 05:35 शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।