काठमाडौं- वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभ राणा प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस भएका छन्। गृहसचिव महेश्वर न्यौपानेको नेतृत्वमा रहेको बढुवा सिफारिस समितिले एसएसपी राणालाई बढुवा गर्न सिफारिस गरेको हो।
राणा ७०.०४४७ अंकका साथ बढुवा सिफारिस भएको समितिका सदस्यसचिव डीआईजी निरजबहादुर शाहीले सूचनामार्फत् जानकारी दिएका छन्।
राणा हाल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवमा कार्यरत छन्।
