काठमाडौं- भक्तपुरको सूर्यविनायकमा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ। बिहीबार राति १ बजे सूर्यविनायक नगरपालिका- ८ आदर्शचोकस्थित अरनिको राजमार्गमा प्रदेश ३-०१-००६ ख २०३८ नम्बरको टिपरको ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार प्रदेश ३-०२-०२४ प ८०३३ नम्बरको स्कुटरमा सवार सूर्यविनायक ६ सिपाडोल निवासी २१ वर्षीय निरज श्रेष्ठको मृत्यु भएको हो।
तीव्र गतिमा रहेको स्कुटर टिपरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले ज नाएको छ। दुर्घटनापछि टिपर चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १२ का २९ वर्षीय रमेश माझीलाई प्रहरीले पक्राउ गरेको छ।