बिहीबार, भदौ ४, २०८३

सैनिक जवानको हत्या आरोपमा चितवनमा युवक पक्राउ

चितवनको भरतपुरमा नेपाली सेनामा कार्यरत भरत गुरुङको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
 |  शुक्रबार, साउन ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ८, २०७८

चितवन- चितवनको भरतपुरमा नेपाली सेनामा कार्यरत भरत गुरुङको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

नेपाली सेनामा कार्यरत धादिङ घर भएका ३६ वर्षीय गुरुङको शव बिहीबार भरतपुर महानगरपालिका वडा नम्बर १७ मा फेला परेको थियो। 
गुरुङको टाउकोमा गोली लागेको र घटनास्थलबाट गोलीको खोकासमेत बरामद भएको थियो। 

उक्त घटनाको अनुसन्धानको क्रममा प्रहरीले बिहीबार नै एकजनालाई पक्राउ गरेको थियो। पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले एकथान हतियारसमेत बरामद गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्ति र घटनाको सम्बन्धमा प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रकाशित: Jul 23, 2021| 05:26 शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।