बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ६ कम्युनिस्ट नेताले एउटै मञ्चबाट सम्बोधन गर्ने, ‌‌‌ओलीलाई निम्तोसम्म छैन

६ कम्युनिस्ट नेताले एउटै मञ्चबाट सम्बोधन गर्ने, ‌‌‌ओलीलाई निम्तोसम्म छैन

पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार ६ जना कम्युनिस्ट नेताहरूले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन्। शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा ६ शीर्ष कम्युनिस्ट नेताहरूले सम्बोधन गर्ने भएका हुन्।
 |  शुक्रबार, साउन ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ८, २०७८

काठमाडौं- पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार ६ जना कम्युनिस्ट नेताहरूले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन्। शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा ६ शीर्ष कम्युनिस्ट नेताहरूले सम्बोधन गर्ने भएका हुन्।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र चन्द्रदेव जोशीसहित ६ जना कम्युनिस्ट नेताहरूले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका हुन्। 

छरिएर रहेका कम्युनिस्ट नेताहरूले पहिलोपटक एउटै मञ्चबाट सम्बोधन गर्न लागेका हुन्।  कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षलाई भने बोलाएको छैन।

प्रकाशित: Jul 23, 2021| 01:56 शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।