काठमाडौं- काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ। विहान ७ बजेर ६ मिनेट जाँदा काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प भक्तपुरको सल्लाघारी केन्द्र बनाएर गएको हो। केन्द्रले ३.२ म्याग्नेच्युडको भूकम्प गएको जनाएको छ।