प्रादेशिक अस्पताल जनकपुरधाममा स्वास्थ्यकर्मी हातपात भएको छ। बिहीबार दिउँसो २ बजे अस्पताल परिसरमै अहेव देवेन्द्र ठाकुरमाथि सात, आठ जनाको समूहले हातपात गरेका हुन्।
अर्थमन्त्री जनार्दन शर्माले दैनिक उपभोग्य वस्तुहरूको उत्पादन गर्ने उद्योगको स्थापना तथा सञ्चालनमा अन्तर्राष्ट्रिय वित्त निमग (आइएफसी) सँग सहकार्य गर्न चाहेको बताएका छन्।
पर्वतका दुई पालिकामा पहिलो जाँदा ५ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। लगातारको वर्षापछि कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा पहिरो जाँदा ५ जनाको मृत्यु भएको हो।
नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ। विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले जनाएको छ।
पीडितका तर्फबाट अधिवक्ताद्वय अरुण पौडेल र सोमनाथ ढुंगानाले बहस गरेका थिए भने विपक्षी सेनाका तर्फबाट साम्बराज अर्याल र महेन्द्रजंग साहले बहस गरेका थिए। बिहीबार बहस सकिएपनि फैसला भने सुनाइएको छैन।
सर्वोच्च अदालतले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा नगर्न अन्तरिम आदेश दिएको छ।
नेपाली सेनाको गन चोरी गरेको र सैनिक भरत गुरुङको हत्या स्वीकार गरेका सैनिक गंगाधर ढकाललाई जन्मकैद हुने भएको छ। सैनिक समरी जनरल अदालतले ढकाललाई जन्मकैदको सजाय सुनाउने फैसला गरेको हो।