सोमबार, मंसिर २२, २०८२
  • गृहपृष्ठ
  • समाज
  • फलोअप : दुई निर्दोष सैनिकको मुद्दामा बहस सकियो, फैसला शुक्रबार सुनाइने

फलोअप : दुई निर्दोष सैनिकको मुद्दामा बहस सकियो, फैसला शुक्रबार सुनाइने

पीडितका तर्फबाट अधिवक्ताद्वय अरुण पौडेल र सोमनाथ ढुंगानाले बहस गरेका थिए भने विपक्षी सेनाका तर्फबाट साम्बराज अर्याल र महेन्द्रजंग साहले बहस गरेका थिए। बिहीबार बहस सकिएपनि फैसला भने सुनाइएको छैन।
 |  बिहीबार, भदौ १७, २०७८

अनिल यादव

अनिल यादव

बिहीबार, भदौ १७, २०७८

काठमाडौं- साढे दुई वर्षदेखि जेलमा राखिएका दुई निर्दोष सैनिकले पुनरावेदन गरेको मुद्दामा बहस सकिएको छ। दुई सैनिक लबकुमार गुरुङ र सरोज तामाङले आफूहरू निर्दोष भएपनि कालीबहादुर गणस्थित सैनिक जनरल समरी जनरल अदालतले कैद सजाय सुनाएपछि अन्याय भएको भन्दै पुनरावेदनका लागि दिएको निवेदनमा बिहीबार बहस सकिएको हो। 

National life

पीडितका तर्फबाट अधिवक्ताद्वय अरुण पौडेल र सोमनाथ ढुंगानाले बहस गरेका थिए भने विपक्षी सेनाका तर्फबाट साम्बराज अर्याल र महेन्द्रजंग साहले बहस गरेका थिए। बिहीबार बहस सकिएपनि फैसला भने सुनाइएको छैन। 

'बहस सकिएको छ। फैसला तयार भएको छ। सैनिक विशेष अदालतका अध्यक्षले फैसला भोलि सुनाउनू भनेकाले आज फैसला नआएको हो। सम्भवतः भोलि फैसला आउला,' गुरुङ र तामाङका तर्फबाट बहस गरेका सोमनाथ ढुंगानाले बताए। 

गणबाट हतियार चोरी भएपछि गुरुङ र तामाङलाई जबर्जस्ती चोरेको बयान दिन लगाएर उनीहरूलाई मुद्दा चलाइएपछि सैनिक समरीले कैद सजाय सुनाएको थियो। 

२०७५ पुसमा हराएको सोही हतियार साउन ७ गते चितवनमा गंगाधर ढकालले आफ्नै सहकर्मी भरत गुरुङको हत्यामा प्रयोग गरेको प्रहरी अनुसन्धानले देखाएको र ढकालले समेत उक्त बयान दिएकाले दुई सैनिकले न्याय पाउने बाटो खुलेको थियो। 

Laxmi sunrise bank
kumari

भरतको हत्या गरेको र आफूले २०७५ मा 'गन' पनि चोरेको साबिति बयान दिएका ढकाललाई भने जन्मकैद हुने फैसला सैनिक समरीले गरिसकेको छ। 

(हामी निरन्तर फलोअपमै छौं। अर्को शृंखलाका लागि नेपाल समय हेर्दै गर्नुहोला)

प्रकाशित: Sep 02, 2021| 20:11 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।