बिहीबार, भदौ ४, २०८३

नेपाली सेनामा रोजगारीको अवसर, चार हजार आवेदन माग

नेपाली सेनाले चार हजार जनाका लागि आवेदन माग गरेको छ। सेनाले चार हजार सेना भर्ती गर्न २६ वटा व्यारेकका लागि दरखास्त आह्वान गरेको हो।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

काठमाडौं- नेपाली सेनाले चार हजार जनाका लागि आवेदन माग गरेको छ।  सेनाले चार हजार सेना भर्ती गर्न २६ वटा व्यारेकका लागि दरखास्त आह्वान गरेको हो।  

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्डाले सैन्य पदका लागि आह्वान गरेको विज्ञापनमा खुलातर्फ २ हजार ९६ जना, कर्तव्य पालनाको शिलशिलामा अशक्त/मृत्यु भएका नेपाली सेनाका सन्ततिका लागि १ सय ८, महिला ३ सय ६०, आदिवासी/जनजाति ५ सय ७३,  मधेसीतर्फ ५ सय ५ जना, दलित कोटातर्फ २ सय ७३ र पिछडिएको क्षेत्रबाट ८५ जना पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ। 

दरखास्त दिनका लागि आठ कक्षा उत्तीर्ण गरेको र १८ वर्ष उमेर पूरा भएर २२ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने छ। दरखास्त फारम शुल्क एक सय पचास तोकिएको छ।



प्रकाशित: Sep 03, 2021| 12:52 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।