बिहीबार, भदौ ४, २०८३

यी हुन् ५ सयभन्दा बढी संक्रमित भएका १९ जिल्ला

देशका विभिन्न १९ जिल्लामा कोरोना संक्रमणका ५ सय भन्दा धेरै सक्रिय संक्रमित छन्।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

काठमाडौं– देशका विभिन्न १९ जिल्लामा कोरोना संक्रमणका ५ सय भन्दा धेरै सक्रिय संक्रमित छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को ३ जिल्ला मोरङ, सुनसरी र झापामा ५ सय भन्दा धेरै सक्रिय संक्रमित छन्।

यस्तै बागमतीका ८ जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र नुवाकोटमा ५ सयभन्दा धेरै संक्रमित छन्। 

त्यस्तै गण्डकीका ६ जिल्ला नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङजा र तनहुँ छन् भने लुम्बिनीको एक र कर्णालीको एक वटा जिल्लामा ५ सय भन्दा धेरै सक्रिय संक्रमित रहेका छन्। 

लुम्बिनीको रुपन्देही र कर्णालीको सुर्खेतमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। यस्तै २० वटा जिल्लामा भने २ सयभन्दा बढी सक्रिय संक्रमित छन्।

प्रकाशित: Sep 03, 2021| 08:33 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।