काठमाडौं- आर्थिक पत्रकारहरूको साझा छाता संस्था आर्थिक पत्रकार समाज (सेजन) नेपालको नयाँ नेतृत्वका लागि शुक्रबार निर्वाचन हुँदैछ। २२औँ साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ। अध्यक्षका लागि जनार्दन बराल, आशिष ज्ञवाली र शिरोमणि ढुंगानाबीच प्रतिस्पर्धा हुँदैछ। उपाध्यक्षमा सुजन ओली र कृष्ण रिजाल भिड्दैछन् भने महासचिवमा भागवत भट्टराई र विनय बन्जराबीच प्रतिस्पर्धा हुँदैछ।
सचिवमा तीनजना उम्मेदवार रहेका छन्। सचिवमा हिमाल पौडेल, हिमा विक र एलिजा उप्रेतीबीच प्रतिस्पर्धा हुनेछ भने कोषाध्यक्षमा लक्ष्मी सापकोटा, कमला अर्याल र सुजन ढुंगानाले उम्मेदवारी दिएका छन्। पाँच सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको छ। सदस्यमा सिबी अधिकारी, अच्युत पुरी, अमर बडुवाल, सोभित थपलिया, इशारा कोइराला र शंकर पण्डित रहेका छन्।
बन्दसत्रपछि शुक्रबार ११ बजेपछि इन्द्रेणी फुडल्याण्ड नयाँ बानेश्वरमा निर्वाचन हुने सेजनका अध्यक्ष भीम गौतमले जानकारी दिएका छन्। सेजनमा २६८ जना साधारण सदस्य रहेका छन्।