शुक्रबार, असोज ३१, २०८२
  • गृहपृष्ठ
  • समाज
  • ब्यारेकबाट 'गन' चोरेर साथीको हत्या गरेका गंगाधरलाई जन्मकैदको सजाय

ब्यारेकबाट 'गन' चोरेर साथीको हत्या गरेका गंगाधरलाई जन्मकैदको सजाय

नेपाली सेनाको गन चोरी गरेको र सैनिक भरत गुरुङको हत्या स्वीकार गरेका सैनिक गंगाधर ढकाललाई जन्मकैद हुने भएको छ। सैनिक समरी जनरल अदालतले ढकाललाई जन्मकैदको सजाय सुनाउने फैसला गरेको हो।
 |  बिहीबार, भदौ १७, २०७८

अनिल यादव

अनिल यादव

बिहीबार, भदौ १७, २०७८

काठमाडौं- नेपाली सेनाको गन चोरी गरेको र सैनिक भरत गुरुङको हत्या स्वीकार गरेका सैनिक गंगाधर ढकाललाई जन्मकैद हुने भएको छ। सैनिक समरी जनरल अदालतले ढकाललाई जन्मकैदको सजाय सुनाउने फैसला गरेको हो। 

Kumaribank

ढकालले चितवनको कालीबहादुर गणमा १००७९२ नम्बरको सर्ट मेसिन गन (एसएमजी) चोरी गरेका थिए। सोही गन प्रयोग गरी साउन ७ गते उनले आफ्नै सहकर्मी सैनिक भरत गुरङको चितवनमा हत्या गरेका थिए। यी दुवै अपराध स्वीकार गरेका उनलाई गणमा नै गठन भएको सैनिक समरी जनरल अदालतले जन्मकैदको फैसला सुनाएको हो। 

उता २०७५ को पुसमा उक्त गन हराएपछि कालीबहादुर गणमा गनको खोजी सुरु भएको थियो। उक्त गन चोरेको आरोप लगाउँदै सैनिक द्वय लबकुमार गुरुङ र सरोज तामाङलाई अढाई वर्षदेखि जेलमा छन्। उनीहरू निर्दोष भएपनि कैद सजाय भुक्तान गरिहेका छन्। 

आफूहरू निर्दोष भएपनि समरीले दोषी ठहर गरेको भन्दै उनीहरूले सैनिक विशेष अदालतमा पुनरावेदन गरेका थिए। उक्त पुनरावेदन निवेदनलाई २८ महिनापछि सैनिक विशेषले पेसी तोक्दै सुनुवाइ अघि बढाएको थियो। गत साता विशेषले समरी अदालतको फैसला मगाउने आदेश गरेको थियो। उक्त मुद्दामा सुनुवाइका लागि बिहीबार बहस भइरहेको छ। 

विशेषले मगाएको गंगाधर ढकालसमेतको मुद्दाको फाइलमा सैनिक समरीले उनलाई जन्मकैद हुने फैसला गरेको उल्लेख छ। उनले हतियार  चोरी गरेको र भरत गुरुङको हत्यासमेत गरेको साविति बयान दिएका थिए। यसअघि उनले प्रहरीसमक्ष पनि हतियार आफैले चोरेको र हत्यासमेत गरेको स्विकारिसकेका थिए। 

Metro Mart

(हामी निरन्तर फलोअपमै छौं। अर्को शृंखलाका लागि नेपाल समय हेर्दै गर्नुहोला)

प्रकाशित: Sep 02, 2021| 15:15 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।