बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पर्वत पहिरो अपडेट : एकै परिवारका ५ सहित १० जनाको मृत्यु, १ बेपत्ता

पर्वत पहिरो अपडेट : एकै परिवारका ५ सहित १० जनाको मृत्यु, १ बेपत्ता

अविरल वर्षाका कारण आएको पहिरोमा पुरिएर पर्वतमा १० जनाले ज्यान गुमाएका छन्।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

पर्वत- अविरल वर्षाका कारण आएको पहिरोमा पुरिएर पर्वतमा १० जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा एकै परिवारका ५ जना छन्। बिहीबार राति २ बजे गएको पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोले माधव शर्माको घर पुरिँदा परिवारकै ५ जनाको मृत्यु भएको हो। उनकी ७५ वर्षकी आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षकी भगवती, दुई छोरीहरु १६ वर्षकी विमला, ११ वर्षकी विनिता र ९ वर्षीय छोरा विनोदको मृत्यु भएको छ।

यसैगरी कुश्मा–११ पकुवा ताल्चेमा शुक्रबार बिहान ९ बजेतिर आएको पहिरोले घर पुर्दा ४० वर्षीया मायाकुमारी पौडेल र उनका ३ वर्षका छोरा प्रयुशको मृत्यु भएको छ। प्रहरीका अनुसार मायाकुमारीकी सासू ७० वर्षकी डल्ली पाध्या पौडेल पहिरोमा बेपत्ता भएकी छन्। साथै पर्वतकै मोदी गाउँपालिका–५ आम्बोटमा पहिरोले पुरिएर ५० वर्षकी फूलमाया थापाको मृत्यु भएको छ।

यस्तै कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो आउँदा पाहुना आएकी पर्वतकै मोदी गाउँपालिका–७ की ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको पनि मृत्यु भएको छ। 

बिहीबारदेखि नै विद्युत् सेवा अवरुद्ध भएपछि पर्वतमा सञ्चार सम्पर्कसमेत विच्छेद छ। घाइतेहरुको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 03, 2021| 15:16 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।