बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्यकर्मी ठाकुर भन्छन्- अस्पताल परिसरमै गुण्डागर्दी शैलीमा मुक्का हान्न थाले

स्वास्थ्यकर्मी ठाकुर भन्छन्- अस्पताल परिसरमै गुण्डागर्दी शैलीमा मुक्का हान्न थाले

प्रादेशिक अस्पताल जनकपुरधाममा स्वास्थ्यकर्मी हातपात भएको छ। बिहीबार दिउँसो २ बजे अस्पताल परिसरमै अहेव देवेन्द्र ठाकुरमाथि सात, आठ जनाको समूहले हातपात गरेका हुन्।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

जनकपुरधाम- प्रादेशिक अस्पताल जनकपुरधाममा स्वास्थ्यकर्मी हातपात भएको छ। बिहीबार दिउँसो २ बजे अस्पताल परिसरमै अहेव देवेन्द्र ठाकुरमाथि सात, आठ जनाको समूहले हातपात गरेका हुन्।

अहेव ठाकुर सो समयमा अस्पताल विकास समितिको बैठकमा थिए। उनलाई इमरजेन्सी केस आएको भन्दै बैठकबाट बाहिर बोलाएर हातपात गरिएको थियो।

‘अस्पताल विकास समितिको बैठक चलिरहेको थियो। एक जनाले इमरजेन्सी केस छ हेरिदिनु पर्यो भन्दै बोलाए। अनि म बैठकबाट निस्किएँ,’ पीडित चिकित्सक ठाकुरले भने, ‘म बाहिर आएलगत्तै सात/आठ जनाको समूहले गुण्डागर्दी शैलीमा हात गोडा र मुक्का हान्न थाले।’

उनीमाथि अस्पताल परिसरमा बिरामीको पुर्जा काट्ने काउण्टरको ठीक अगाडी कुटपिट भएको थियो। कुटपीटपछि घाइते चिकित्सक ठाकुर प्रादेशिक अस्पतालमा उपचारपश्चात घर फर्केका छन्।

स्रोतका अनुसार सोही प्रादेशिक अस्पतालमा कार्यरत एक नर्ससँग दुव्र्यवहार गरेका कारण ठाकुरमाथि हातपात भएको बताइएको छ। तर यसबारेमा स्वम् ठाकुरले भने केही पनि बताउन् चाहेनन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले प्रादेशिक अस्पतालमा चिकित्सकमाथि हातपात भएको घटनाका सम्बन्धमा आफूलाई कुनै किसिमको जानकारी नआएको बताए।

‘प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात भएको विषयमा हामीलाई न त कुनै जानकारी न त कुनै उजुरी नै परेको छ,’ बस्नेतले भने।

यता स्वास्थ्यकर्मी ठाकुरले आफूले न्याय पाउनका लागि जिल्ला प्रहरी कार्यालयमा शुक्रबार जाहेरी दर्ता गराउन लागेको बताए।

प्रकाशित: Sep 03, 2021| 13:28 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।