बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानन्यायाधीशविनाको संवैधानिक इजलासमा सुनुवाइ नगर्न सर्वोच्चको अन्तरिम आदेश

प्रधानन्यायाधीशविनाको संवैधानिक इजलासमा सुनुवाइ नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा नगर्न अन्तरिम आदेश दिएको छ।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

काठमाडौं– सर्वोच्च अदालतले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ प्रधानन्यायाधीशविनाको संवैधानिक इजलासमा नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश हरि फुयालको इजलासले बिहीबार यस्तो आदेश दिएको हो।

संविधानबमोजिम प्रधानन्यायाधीशको नेतृत्वमा बाहेक अरुको अध्यक्षतामा संवैधानिक इजलास गठन हुन नसक्ने भन्दै परेको रिटमाथि फुयालको इजलासमा सुनुवाइ भएको थियो। 

अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमा प्रधानन्यायाधीशले संवैधानिक इजलासको नेतृत्व नगर्नु संविधानविपरीत हुने भएकाले प्रधानन्यायाधीशको नेतृत्वमा इजलास गठन गर्न परमादेश माग गरिएको छ।

योसँगै संवैधानिक आयोगहरूमा गरिएका नियुक्ति सम्बन्धी रिट निवेदनको सुनुवाइ अनिश्चित समयका लागि स्थगित हुने भएको छ। यसअघि गत शुक्रबार संवैधानिक परिषद्‍को बैठकमा सहभागी भएर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गरेका निर्णयमा उनकै नेतृत्वमा गठन हुने संवैधानिक इजलासमा सुनुवाइ गर्न नमिल्ने भन्दै प्रश्न उठेको थियो।

त्यस्तो प्रश्न उठेपछि प्रधानन्यायाधीश जबराले आफू बिदा बसेर वरिष्ठतम् न्यायाधीशको नेतृत्वमा गठन हुने संवैधानिक इजलासले सुनुवाइ गर्ने गरी बाटो खोल्ने बताएका थिए। सोहीबमोजिम भदौ १८ गते शुक्रबारका लागि वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा गठन हुने इजलासले ती मुद्दाको सुनुवाइ गर्ने तयारी थियो।

न्यायाधीश हरिप्रसाद फुयालको इजलासले संवैधानिक नियुक्तिसम्बन्धी विवादका मुद्दाहरूमा सुनुवाइ नगर्न अन्तरिम आदेश जारी गरेको हो।

प्रकाशित: Sep 02, 2021| 16:56 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।