पोखरा- अविरल वर्षाका कारण आएको पहिरोमा पुरिएर पर्वतमा ६ जनाले ज्यान गुमाएका छन्। बिहीबार राती २ बजे गएको पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको हो।
पहिरोका कारण मृत्यु हुनेहरूमा पर्वत मोदी गाउँपालिका अम्बोटकी ५० वर्षीया फुलमाया थापा, कुश्मा नगरपालिका ११ सिल्मीकी ३८ वर्षीया दुर्गा पौडेल, उनका छ वर्षीय छोरा ६ गणेश पौडेल, कुश्मा नगरपालिका ३ दुर्लुगंकी १६ वर्षीया विमला पौडेल, ११ वर्षीया विनिता पौडेल र ७५ वर्षीया कौशिला पौडेल रहेको प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।
पहिरोमा परी दुर्लुगंकै ३५ वर्षीया भगवती पौडेल र ९ वर्षीय विनोद पौडेल बेपत्ता भएका छन्। उनीहरूको खोजी कार्य भइरहेको छ। दुर्लगंको पहिरोमा ज्यान गुमाउने र बेपत्ता हुने एकै परिवारका रहेको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण गए राती २ बजेको समयमा खसेको पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको हो।