‘सांस्कृतिक क्रान्ति र सामन्तीले मनाउने चाड भन्दै दसैं लगायतका चाडबाडमा माओवादीले आक्रमण गरे’, रेग्मी भन्छन्, ‘त्रासका कारण सामूहिक भेला हुने क्रम रोकियो। रातरातभर नाच्ने गाउने चलन ठप्प भयो।’
प्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैंलगायतका सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्याउँदै आएको बताएका छन्।
बडादशैंको आज शुक्रबार महत्वपूर्ण दिन विजया दशमी हो। आश्विन शुक्लपक्षको प्रतिपदाका दिन घटस्थापना गरेर नौ दिनसम्म पूजाआराधना गरिएको दुर्गाभवानीको आज विसर्जन गरिँदै छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दसैं, तिहार, नेपाल सम्वत् र छठलगायतका चाडपर्वको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा नवरात्रको समय अवधिमा १९ हजारभन्दा बढी भक्तजनहरूले पूजापाठ गरेका छन्। नवरात्रीको समय अवधिमा भक्तजनहरू पाथीभरा मन्दिर क्षेत्रमा पुगेर पूजापाठ गरेको हो।
रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया पवित्रा भट्टराई पर्यटकका रुपमा रारा पुगेकी छन्। रारा ताल घुमेर फर्केका आफन्त गरेको वयानका आधारमा उनलाई रारा तालले लोभ्याएको हो।
बैतडीको हिरापुरमा जिप र मोटरसाईकल एक आपसमा ठोक्किँदा पाटन ८ खोड्पे बस्ने २७ वर्षीय योगेश कठायत घाइते भएका छन्। उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।