बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दसैंको विशेष कार्यक्रम छैन, परिवारसँग हुन्छु : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा

दसैंको विशेष कार्यक्रम छैन, परिवारसँग हुन्छु : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा

नेपाली नागरिकले जसरी दसैं मनाउने हो सामान्य तरिकाले आफूभन्दा माथिल्ला व्यक्तिहरुसँग आशिर्वाद लिएर मनाउने मात्र हो।
 |  बिहीबार, असोज २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २८, २०७८

काठमाडौं- नेपाली नागरिकले जसरी दसैं मनाउने हो सामान्य तरिकाले आफूभन्दा माथिल्ला व्यक्तिहरुसँग आशिर्वाद लिएर मनाउने मात्र हो। अरु त्यस्तो विशेष किसिमको कार्यक्रमहरु छैन। उपत्यकामै परिवारसँग हुन्छु। मैले टिका ठूलो दिज्जुहरु, दाइहरूबाट लगाउँछु। चार जना दिदीबहिनी, दुई जना दाजु हुन्। त्यसपछि म र भाई हो। अहिले कोभिड १९ संक्रमणको समय भएकाले मैले शुभचिन्तकलाई यो वर्ष टिका लगाइदिने छैन।

पारिवारिक घुमघामको कार्यक्रम पनि केही छैन। यस्तो बेलामा हामीले हाम्रो धर्म संस्कृतिलाई उच्च प्राथमिकतामा राख्नुपर्छ। भगवानप्रति नै लिन हुने कुरा हो। भगवानको पूजा आराधना हो। मैले यो चाडपर्वलाई छुट्टिको रुपमा प्रयोग गरेको छैन। त्यसैलेअध्ययन गर्ने त्यस्तो विशेष छैन। दसैं नेपाली र त्यसमा पनि हिन्दुहरुको महान पर्व र चाड हो। यसलाई हामीले एकदमै हृदयमा राखेर आफ्नो परम्पराअनुसार मान्नुपर्छ।

यो सबै नेपालीको, सबै जातजातिको पर्वको रुपमा गइसकेको हुनाले हृदयदेखि नै खुला हृदय राखेर चाडपर्वदशैँ, तिहार, दीपावली, छठ, न्हूदँया, भिंतुनालाई हामीले ठूलो चाडको रुपमा मान्नुपर्छ। हाम्रो दायित्व र कर्तव्य भनेकै हाम्रो सबै किसिमको धार्मिक, सामाजिकर सांस्कृतिक संरचनालाई जगेर्ना गर्नुपर्छ। उच्च प्राथमिकतामा राख्नुपर्छ र त्यसलाई अनुशरण गर्दै जानुपर्छ।

-न्युजकारखाना

प्रकाशित: Oct 14, 2021| 22:20 बिहीबार, असोज २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।