काठमाडौं- यसपालि अघिल्लो बर्षभन्दा माहौल अलि रमाइलो छ। तर, हामीले सावधानी चाहिँ अपनाउनै पर्छ। कोरोनाले गर्दा गत बर्ष त दसैँ साह्रै खल्लो भयो। यसपाली भने सबैतिर अलि सहज वातावरण छ। त्यसैले दसैंको रौनक अलि बढेको पाएकी छु।
म यसपालि काठमाडौंमै दसैं मनाउँछु। मम्मीको हातबाट टीका लगाउँछु। सामाजिक दुरी कायम राख्दै आफ्ना, आफन्तको हातबाट टीका लगाई आशीर्वाद लिन्छु। यो दसैंमा स्पेशल त्यस्तो केही प्लान गरेकी छैन।
हलमा फिल्म प्रदर्शन थालेको देख्दा भने खुशी लागेको छ। घर नजिकै सिफल चौरमा पिङ हालेका छन्। टीकाको दिन भुइँ छोड्नु पर्छ रे, त्यहाँसम्म पुगेर पिङ चाहिँ खेल्नु पर्ला। -न्युजकारखाना