बिहीबार, भदौ ४, २०८३

गाँजा भारततर्फ लैजाने नयाँ शैली

लागुऔषधका रूपमा प्रयोग गरिने गाँजा नेपालको बाटो हुँदै भारततर्फ भारतीय सवारी साधनमार्फत जाने गरेको नयाँ शैली सार्वजनिक भएको छ।
 |  बिहीबार, असोज २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २८, २०७८

काठमाडौं- लागुऔषधका रूपमा प्रयोग गरिने गाँजा नेपालको बाटो हुँदै भारततर्फ भारतीय सवारी साधनमार्फत जाने गरेको नयाँ शैली सार्वजनिक भएको छ। पछिल्लो पटक पर्साको वीरगञ्जबाट प्रहरीले बेवारिसे अवस्थामा एनएल ०१ के ०७५४ भारतीय नम्बरको ट्याङ्करमा ग्यासको बुलेटभित्र लुकाई राखिएको अवस्थामा गाँजा फेला पारेपछि यस्तो नयाँ शैली सार्वजनिक भएको हो। 

पर्सा प्रहरीले बिहीबार दिएको जानकारीअनुसार वीरगञ्ज महानगरपालिका–२५ स्थित भन्सार कार्यालय वीरगञ्ज (आइसिपी) गेटनजिक ग्यासको बुलेटको ट्याङ्करमा लुकाइएको अवस्थामा १२० किलो लागु औषध गाँजा फेला परेको थियो। 

उक्त ट्रक र सो गाँजा नियन्त्रणमा लिई लागु औषधसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए। 

ट्याङकरका चालक र सहचालक फरार छन्। गाँजा नेपालबाट  भारततर्फ लैजाने उद्देश्यले ट्रकमा लुकाइएको हुनसक्ने र यसबारे थप अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।   -रासस


प्रकाशित: Oct 14, 2021| 20:39 बिहीबार, असोज २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।