बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुबी खानलाई तत्काल रिहा गर्न र पुनः धरपकड नगर्न सर्वाोच्च अदालतको आदेश

रुबी खानलाई तत्काल रिहा गर्न र पुनः धरपकड नगर्न सर्वाोच्च अदालतको आदेश

सर्वोच्च अदालतले महिला अधिकारकर्मी रुबी खानलाई तत्काल रिहा गर्न र पुनः धरपकड नगर्न आदेश दिएको छ।
 |  बिहीबार, असोज २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २८, २०७८

काठमाडौं- सर्वोच्च अदालतले महिला अधिकारकर्मी रुबी खानलाई तत्काल रिहा गर्न र पुनः धरपकड नगर्न आदेश दिएको छ।

बहुविवाहको आरोपमा गत शुक्रबार प्रहरीले रुबीलाई पक्राउ गरेर हिरासतमा राखेपछि अधिवक्ता मोहना अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै बिहीबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रुबीलाई तत्काल रिहा गर्न र रिहापछि पुनः धरपकड नगर्न आदेश दिएको हो।

बाँकेमा भएका दुईवटा महिला हिंसाको घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै रूबीसहितको टोली न्यायको माग गर्दै नेपालगञ्जबाट २० दिनको पैदलयात्रापछि काठमाडौँमा आएर माइतीघर मण्डलामा धर्ना दिएका बेला गत शुक्रबार उनलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउपछि रुबीलाई नेपालगञ्ज लगिएको थियो। 

प्रकाशित: Oct 14, 2021| 22:40 बिहीबार, असोज २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।