काठमाडौं- गत वर्ष कोरोनाका कारण जारी लकडाउनले निकै सकसका साथ दसैं मनाउनु परेको थियो। तर, यसपाली भने लकडाउन छैन, स्थिति अलि सहज छ। तर, साबधानी भने अपनाउनै पर्छ। म आमसर्वसाधारणले झैँ सामान्य तवरले दसैं मनाउँछु। बुबाआमा, मान्यवरको हातबाट टीका लगाएर आशीर्वाद लिने, आफन्त, आफूभन्दा सानालाई टीका लगाइदिने।
यो दसैँमा फूलपातीको दिनबाट म बिशेष भूमिकामा अभिनित ‘डाडाको वरपीपल’ फिल्म प्रदर्शनमा आएको छ। कोरोनाका कारण ठप्प रहेको फिल्मी माहौल चलायमान बनाउन फिल्म प्रदर्शन हुन जरुरी छ।
सोभित बस्नेत भाइले निरन्तर रुपमा फिल्म निर्माण गर्दै प्रदर्शन गरिरहेका छन्। मलाई बल्ल यसपाली दसैं आए झैँ महसुस भएको छ। सबैको फिल्म चलोस्, दुर्गा भवानीले आशीर्वाद दिऊन्, सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा बडा दसैँको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। -न्युजकारखाना