बिहीबार, भदौ ४, २०८३

रूकुमका किसानलाई दसैंले छोएन

दसैं अगाडि परेका कारण जाजरकोट रुकुम पश्चिमका कृषकहरू खेतबारीमै व्यस्त छन्।
 |  बिहीबार, असोज २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २८, २०७८

जाजरकोट- दसैं अगाडि परेका कारण जाजरकोट रुकुम पश्चिमका कृषकहरू खेतबारीमै व्यस्त छन्। धान , मकै र अन्य तरकारीबाली भित्र्याउनका लागि कृषकहरू खेतबारीमा व्यस्त हुनुपरेको रुकुम पश्चिम आठबीसकोट बटालागाउँका वीरेन्द्र बटालाले बताए।

अघिल्लो वर्ष अलि पछि दसैं परेका कारण सबै खेतीपाती सकेर आरामका साथ मनाउन पाइएको थियो। अहिले अगाडि परेका कारण कामको चापसँगै दसैं खेतबारीमै मनाउने परेको बाध्यता उनले सुनाए। धान भित्र्याएसँगै खेत जोतेर गहुँ लगाउने र मकै भित्र्याएपछि खाली भएको जग्गामा गहुँ , तोरी , अन्य तरकारी बाली लगाउनु पर्ने भएकाले कृषकहरू खेतबारीमा व्यस्त हुने गरेका छन्। 

अहिले खेतबारीमा ढिला गरेमा जग्गामा भएको ओसिलोपन हराएमा अर्को बाली लगाउन मुस्किल हुने भन्दै आफूहरु खेतबारीमा व्यस्त भएको बारेकोट गाउँपालिका ५ का मनबहादुर सिंहले बताए। मौसमसमेत राम्रो भएकाले अन्नबाली भित्र्याउन सजिलो भएको उनको भनाइ छ।

वर्ष भरी खाने अन्नलाई राम्रोसँग भित्र्याउन सकिएन भने त्यसको असर अर्को वर्ष दिनसम्म पर्ने भएकाले काममा लाग्नु परेको सिंहको भनाइ छ। 

अन्य ठाउँमा प्राविधिको प्रयोग गरेर छिटो भएपनि जाजरकोट, रुकुम र डोल्पाको तल्लो क्षेत्रमा गोरुद्धारा जोत्ने , अन्नबाली माडेर निकाल्ने काम हुने गर्दछ। जिल्लाका सबैभन्दा बढी धान उत्पादन हुने दल्ली , कार्यखेत , मैदे रुकुम पश्चिमको चौरजहारी , खोलागाउँ , राडी माझमी लगाएका ठाउँमा अहिले धान बाली भित्र्याउन निकै हैरान भएको छ। -न्युज कारखाना

प्रकाशित: Oct 14, 2021| 21:00 बिहीबार, असोज २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।