बिहीबार, भदौ ४, २०८३

१९ हजारभन्दा बढीले गरे पाथीभरा मन्दिरमा पूजापाठ

ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा नवरात्रको समय अवधिमा १९ हजारभन्दा बढी भक्तजनहरूले पूजापाठ गरेका छन्। नवरात्रीको समय अवधिमा भक्तजनहरू पाथीभरा मन्दिर क्षेत्रमा पुगेर पूजापाठ गरेको हो।
 |  बिहीबार, असोज २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २८, २०७८

ताप्लेजुङ- ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा नवरात्रको समय अवधिमा १९ हजारभन्दा बढी भक्तजनहरूले पूजापाठ गरेका छन्। नवरात्रीको समय अवधिमा भक्तजनहरू पाथीभरा मन्दिर क्षेत्रमा पुगेर पूजापाठ गरेको हो। 

नेपालीहरूको महान चाड बडादसैं तथा नवरात्रीको दिनदेखि १९ हजार ७५० जना भक्तजनहरू पाथिभरा मन्दिरमा पुगेर पूजापाठ गरेका माथिल्लो फेदी प्रहरी चौकीका प्रहरी इन्र्चाज लोकबहादुर थापाले बताए। 

दार्जुलादेखि भारतको दार्जिलिङ र सिक्किमसम्मका तीर्थयात्रीहरूले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जनाकारी दिए। 

नवरात्रको पहिलो दिनदेखि नौ दिनसम्म अर्थात् टीकाको अघिल्लो दिन आज (बिहीबार)सम्ममा पाथीभरा मन्दिर क्षेत्रमा तीर्थ यात्रीहरूको घुइँचो लाग्ने गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। 

कोरोनाको कारणले नौ महिना पाथीभरा मन्दिरमा पूजापाठ बन्द भएको थियो तर, गत महिनादेखि मात्र पाथीभरा क्षेत्र विकास समितिले खुला गरेको हो। पाथीभरा दर्शन गर्न खुला भएसँगै तीर्थ यात्रीहरूको चहलपहल बढ्न थालेको हो। 

पाथीभरा मन्दिर क्षेत्रमा तीर्थ यात्रीहरूको भिडभाड बढेसँगै यातायाता व्यावसायी, होटल व्यावसायी र तीर्थयात्री सहयोगीहरू उत्साहित भएका छन्।    -न्युज कारखाना  

प्रकाशित: Oct 14, 2021| 23:30 बिहीबार, असोज २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।