बिहीबार, भदौ ४, २०८३

दसैंमा पातलियो धनगढीको चहलपहल

विजया दशमी सुरु हुँदा सुदूरपश्चिमकै राजधानी धनगढी बजारको चहलपहल पातलिएको छ। अन्य दिनमा निकै व्यवस्त रहने धनगढी बजारको चहलपहल दसैँका बेला सुस्त छ।
 |  बिहीबार, असोज २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २८, २०७८

धनगढी- विजया दशमी सुरु हुँदा सुदूरपश्चिमकै राजधानी धनगढी बजारको चहलपहल पातलिएको छ। अन्य दिनमा निकै व्यवस्त रहने धनगढी बजारको चहलपहल दसैँका बेला सुस्त छ।

धनगढीमा बस्ने अधिकांस मानिस दसैँका बेला गाउँ केन्द्रित हुन थालेपछि चहल पहल पातलिएको हो।  धनगढीमा बसोवास गर्ने अधिकांस मानिस दशैका बेला गाउँ जानेर आफन्तसंँग रमाइलो गर्ने गर्दछन्। 

यसैबीच, धनगढीमा बस्ने घरवाला गाउँ जाँदा चोरी डकैती बढ्ने भन्दै प्रहरीले टोल केन्द्रित सुरक्षा परिचालन गरेको छ। ‘बजार क्षेत्रमा सुरक्षा गस्तीसँगै सिसिटिभी क्यामेराको सहायताले सुरक्षा निगरानी गरिएको छ, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले भने, ‘दसैँ मनाउन घरमा ताला लगाएर जाने क्रम बढेपछि अपराध हुन नदिन अहिले टोलटोलमा पनि गस्ती बढाइएको छ।’  -न्युज कारखाना

प्रकाशित: Oct 14, 2021| 20:40 बिहीबार, असोज २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।