काठमाडौं- दसैं विशेष योजना खासै केही छैन। बाहिर जाने कार्यक्रम छैन। उपत्यकामै घरमै बसेर मनाउने हो। टीका मैले दाइ, माइलो काकार साइँली काकीबाट ग्रहण गर्छु। मेरो परिवारको सबैभन्दा ठूलो उहाँहरु नै हो। उहाँहरुबाटै लाउने हो। शुभचिन्तकलाई टिका लाइदिने चलन छैन।
परिवारभित्रका आफूभन्दा सानालाई मात्रै लाइदिने गरेको छु। घुमघामको योजना छैन। अब बाँकी रहेको समयमा अब अफिसियल कामहरु पनि छ। त्यो देखि बाहेको समयमा आफूलाई रुचि लागेका पुस्तकहरु पढ्ने हो। यो सांस्कृतिक पर्व हो। यसले परिवार पुनर्मिलन गराउँछ। परम्परागत रुपमा मान्ने हो। तर त्यसरी मान्ने चलन अहिले धेरै घटिसकेको छ।
पहिले पो धेरैजना मान्छेहरु जमघट हुने, आफ्नो जन्मेको, हुर्केको, पढेको ठाउँबाट टाढ्टाढा हुने रफर्किने, जाने, त्यहाँ सबैसँग भेटघाट हुने त्यो खालको एउटा रमाइलोपन हुन्थ्यो। अहिले त प्राय: सबै मान्छेहरु जहाँ जहाँ छन् त्यहीँ भेला हुने, बस्ने खालको स्थिति बनेर गयो। गाउँतिरभन्दा धेरै शहरकेन्द्रीत भए मान्छेहरु। पहिलेजस्तो चार्मिङ त अहिले त्यतिधेरै देखिँदैन। त्यहीँ रुपमै मनाउने हो। -न्युजकारखाना