चितवनमा आगलागीमा परी एकै घरका दुई बालबालिकाको ज्यान गएको छ। राप्ती नगरपालिका–१ मा पर्ने पहाडी गाउँ परेवाकोट मइनटारमा जितबहादुर तमाङको घरमा आगलागी हुँदा उनका नातिनातिहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौं महानगरसँग भएको नौ वटा ब्रुमर कुनै प्राविधिक कारणले त कुनै जनशक्ति अभावका कारण पूर्ण क्षमतामा सञ्चालन भएका छैनन्। नौ वटा ब्रुमरले बढार्दा पनि किन घटेन त काठमाडौंको धुलो?
अझै दर्जनौँ गाउँ बिजुली बाल्ने पर्खाइमा अन्धकारमा रात काटिरहेका छन्। गाउँपालिका प्रमुख कारसाङ लामाका अनुसार गाउँपालिकाको वडा नम्बर १, २, ४ र ५ का आंशिक घरधुरीले बिजुली बाल्न सुरु गरेका...
काठमाडौंबाट पोखरा आउँदै गरेको माइक्रोबसबाट उक्त रकमसहित प्रहरीले मुस्ताङ जिल्लाको लो घेकर दामोदर कुण्ड घर भई पोखराको शिवालय चोकमा बस्दै आएका ४२ वर्षीय छिरिङ डुन्डुक गुरुङलाई पक्राउ गरेको हो।
जिल्लाको शारदा नगरपालिका–५ का ३० वर्षीय शेरबहादुर चन्दको हत्याको आरोपमा प्रहरीले आफ्नै भाउजू २६ वर्षीया लक्ष्मी र छिमेकी भाउजू नातामा पर्ने २५ वर्षीया राधा पौडेल चन्दलाई प्रहरीले पक्राउ गरेको हो।
यो पर्वलाई अन्य जातिको पर्वको जस्तो राज्यले चासो नदिएको आठपहरिया समुदायको गुनासो छ। अन्य जातिको पर्वको सरकारले लामो समय सार्वजनिक बिदा दिए पनि यो चाडमा धनकुटा नगरपालिकाले एक दिन स्थानीय...
चालु आर्थिक वर्ष ०७८/७९ को चार महिनाको अवधिमा तनहुँमा ९२ फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले साउनदेखि कात्तिकसम्म जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहेका ९२ फरार...