बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पशुपति आर्यघाटबाट बाँस र लुगाफाटो व्यवस्थापन गर्न माग

पशुपति आर्यघाटबाट बाँस र लुगाफाटो व्यवस्थापन गर्न माग

पशुपति क्षेत्र विकास कोषलाई आर्यघाटमै बाँस, लुगाफाटोलगाययत फोहर व्यवस्थापन गर्न हार्दिक अनुरोध गरिएको पनि उनले बताए।
 |  शनिबार, मंसिर ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

काठमाडौं- पशुपति क्षेत्रस्थित आर्यघाटमा शव जलाउँदा प्रयोग हुने बाँस, लुगाफाटो आदि बागमतीमा बगाउँदा त्यसमुनिको क्षेत्रमा फोहर भएको भन्दै अभियानकर्मीले व्यवस्थापन गर्न माग गरेका छन्।

बागमती सफाइ महाअभियानको ४४६औँ हप्तामा सिनामंगलस्थित बागमती पुलमुनिको नदी किनारमा सफाइ गर्दा पशुपति आर्यघाटबाट बगेर आएको बाँस, लुगाफाटोलगायत फोहर धेरै भेटिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिए। पशुपति क्षेत्र विकास कोषलाई आर्यघाटमै बाँस, लुगाफाटोलगाययत फोहर व्यवस्थापन गर्न हार्दिक अनुरोध गरिएको पनि उनले बताए।

पशुपति आर्यघाटमा दाहसंस्कारमा प्रयोग हुने दाउराको व्यवस्थापन भने राम्रोसँग भइरहेको बागमती सफाइ महाअभियानले जनाएको छ। आर्यघाबाट आएको बाँस, लुगाफाटोलगायत फोहरले नदी सफाइमा अप्ठ्यारो भएको अभियानकर्मीको गुनासो छ। यसैले कोषलाई छिटो समस्या समाधानका लागि आग्रह गरिएको अभियानकर्मी शाहीले सुनाए। 

राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बागमती सफाइ महाअभियान जारी छ। महाअभियान सुरु भएदेखि प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा चाडपर्व, जाडो, गर्मी, वर्षा, प्राकृतिक प्रकोपलगायत प्रतिकूल अवस्थामा पनि सफाइ जारी रहने गरेको छ। जाडोमा बिहानै अभियानकर्मी स्वयंसेवाका लागि बागमती नदी किनारमा पुग्‍ने गरेका छन्।

सिनामंगल पुलमुनिको बागमती किनारमा भएको आजको सफाइमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, स्थानीयवासी, अधिकार सम्पन्न बागमती समितिका कर्मचारी, हलेसी डेकोर, काठमाडौँ महानगरपालिका फोहरमैला  व्यवस्थापन विभाग टेकु, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड एवं बागमती सफाइ अभियानकर्मीको सक्रियता थियो। सफाइबाट चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ। 

यसैगरी गुह्येश्वरीमाथिको बागमती सफाइको ४१५औँ हप्तामा गोठाटार पुल क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ। विगत १० हप्तादेखि शुन्य फोहर अवधारणाअन्तर्गत सफाइ भइरहेको बागमती सुन्दरता सरोकार मञ्चको अध्यक्षसमेत रहेकाका अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिए।

फोहरलाई स्रोतमै वर्गीकरण गरेर यो अवधारणालाई सफल बनाउने लक्ष्य लिइएको जनाइएको छ। फोहर वर्गीकरण र व्यवस्थापनमा सबैले गौरव गर्नुपर्ने भन्दै मञ्चले यस क्षेत्रमा जागरण अभियान चलाएको छ। 

प्रकाशित: Nov 27, 2021| 15:30 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।