बुधबार, भदौ ३, २०८३

सूर्यविनायकमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

भक्तपुरको सूर्यविनायकमा टिपरको ठक्करबाट २४ वर्षीय एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक युवा गम्भीर घाइते भएका छन्।
 |  शनिबार, मंसिर ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

काठमाडौं- भक्तपुरको सूर्यविनायकमा टिपरको ठक्करबाट २४ वर्षीय एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक युवा गम्भीर घाइते भएका छन्।

सूर्यविनायक नगरपालिका-८ आदर्श चोकमा गएराति टिपरको ठक्करबाट धनकुटा घर भइ ललितपुरको कुसुन्ती बस्दै आएका २४ वर्षीय असिम लिम्बुको ज्यान गएको हो।

लिम्बु सवार बा५७प ३११३ नम्बरको स्कुटरलाई बा३ख ५४२३ नम्बरको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा स्कुटरको पछाडि सबार ललितपुर पाटनका २६ वर्षीय सन्दीप महर्जन गम्भीर घाइते भएका छन्।

दुर्घटनापछि टिपर र त्यसका चालकलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ।  

प्रकाशित: Nov 27, 2021| 10:25 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।