काठमाडौं- देशभर दिनहुँ चिसो बढिरहेको छ। चिसो बढेसँगै जनजीवन कष्टकर बनेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २.५ डिग्री सेल्सियस रहेको छ।
यस्तै काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम पनि घटेको छ। आज बिहान ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७.६ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ। देशभर चिसो बढेकाले स्वास्थ्य सावधानी अपनाउन महाशाखाको आग्रह छ।