बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारलाई बिजुली खपतको चिन्ता, सिन्धुलीका जनता भने पोल हेर्न बाध्य

सरकारलाई बिजुली खपतको चिन्ता, सिन्धुलीका जनता भने पोल हेर्न बाध्य

अझै दर्जनौँ गाउँ बिजुली बाल्ने पर्खाइमा अन्धकारमा रात काटिरहेका छन्। गाउँपालिका प्रमुख कारसाङ लामाका अनुसार गाउँपालिकाको वडा नम्बर १, २, ४ र ५ का आंशिक घरधुरीले बिजुली बाल्न सुरु गरेका छन्। गाउँपालिका प्रमुख लामाका अनुसार केही वडामा अहिले पनि संरचना निर्माणको काम चलिरहेको छ। पोल र तारको काम सम्पन्न भइसकेको स्थानमा पनि बिजुली बलेको छैन।
 |  शनिबार, मंसिर ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

सिन्धुली- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका दर्जनौँ गाउँ बिजुली बाल्ने प्रतीक्षामा बसेको वर्ष बितिसक्यो। तर, गाउँमा अझै बिजुली बाल्न सकेको छैन।

गाउँपालिका भरी एकै साथ बिद्युत् करण गर्ने काम सुरु भएको भए पनि केही पालिकाका केही गाउँमा मात्र बिजुली बलेको स्थानीयको भनाई छ। अझै दर्जनौँ गाउँ बिजुली बाल्ने पर्खाइमा अन्धकारमा रात काटिरहेका छन्। गाउँपालिका प्रमुख कारसाङ लामाका अनुसार गाउँपालिकाको वडा नम्बर १, २, ४ र ५ का आंशिक घरधुरीले बिजुली बाल्न सुरु गरेका छन्। गाउँपालिका प्रमुख लामाका अनुसार केही वडामा अहिले पनि संरचना निर्माणको काम चलिरहेको छ। पोल र तारको काम सम्पन्न भइसकेको स्थानमा पनि बिजुली बलेको छैन। 

गाउँ पालिकाकाले ध्यान नदिएको र ठेकेदार कम्पनीले समेत बेवास्ता गर्दा आफूहरूले समयमै बिजुली बाल्न नपाएको हरिहपुरगढी गाउँपालिका–६, का स्थानीय आइते लामाले गुनासो गरे। 'हामी वर्ष दिन देखी बिजुलीको पोल र तार हेरी रहेका छौं,' उनले भने, 'काम सकिएको ठाउँमा पनि किन यतिको समय बिजुली बाल्न नदिएका हो ? उता सरकार बिजुली खेर गयो भन्छ। कुरा बुझ्न सकेको छैन। विभिन्न बहानामा काममा ढिलासुस्ती गरेको स्थानीयको आरोप छ।'

गाउँ पालिकाले गाउँमा बिद्युत् करणको लागि वर्ड बैँकलाई ठेक्का दिएको गाउँपालिका प्रमुख लामाले बताए। भौतिक संरचना निर्माण भई सकेको स्थानमा तुरुन्तै बिद्युत् सञ्चालनको तयारी भइरहेको उनको दाबी छ। वडा नम्बर ३ र ६ मा संरचना निर्माण सम्पन्न भइसकेको छ। गाउँपालिका प्रमुख लामाले भने, बिजुली छोड्न मात्र बाँकी छ। वर्षातले बाटो बिगारे पछि, समयमै सामान पुर्‍याउन नसक्दा काममा ढिलाइ भएको उनको भनाई थियो। 

स्थानीयका अनुसार हाल पोल र तारको काम सम्पन्न भएको स्थानमा वैशाख मसान्तसम्ममा बिजुली बाल्ने योजना ठेकेदार गाउँपालिकाले सुनाएको थियो। त्यस पछि फेरी भाका अषाढ मसान्तलाई सारिएको थियो। हाल आएर अझै अन्योलमा राखे पछि आफूहरू समस्यामा परेको उनीहरूको भनाई छ। बिजुलीको प्रयोगबाट खाने पानी लगाएतको समस्या समेत समाधान हुने अपेक्षामा बसेका स्थानीय हिउँदमा काकाकुल हुनुपर्ने चिन्तामा परेको बत्ताउँछन्। 

गाउँमा बिजुलीको पोल र तार लागेको वर्ष दिन बित्न लाग्दासमेत बिजुली बल्ने कुनै छाटकाट नदेखिएपछि निराशा छाएको स्थानीय उपेन्द्र थिङको भनाई छ। गाउँपालिकाको झण्डै ५२ सय घरधुरी मध्य यस अभियानबाट ७५ प्रतिशत घरधुरीले बिजुली बाल्न पाउने गाउँपालिकाको दाबी छ। बाँकी घर धुरीमा पनि ग्रामीण विद्युतीकरणबाट बिजुलीको व्यवस्था गर्ने तयारी भइरहेको छ। गाउँपालिकाले अभियानकै रूपमा यस वर्ष भित्रमा ३५ देखि ३८ घरधुरीमा बिजुली बाल्ने लक्ष्य लिएको गाउँपालिकाका प्रमुख लामाले बताए।

विद्युत्को पहुँच, नागरिकको सुविधा र विकासको समेत आधार भएकोले यस तर्फ गाउँपालिकाले विशेष ध्यान दिएको पालिकाले जनाएको छ। बिद्युत्को पहुँचबाहिर रहेका गाउँपालिकाका स्थानीय अहिले पनि टुकीको भरमा बस्न बाध्य छन्। बिजुलीको व्यवस्था नभएका कारण अन्य सुविधा समेत नागरिकको पहुँचमा पुर्‍याउन कठिन भएको गाउँपालिकाको भनाई छ। बिजुलीको पहुँच नभएका कारण गाउँपालिकाका महिलाहरू समस्यामा परेका गाउँपालिकाकी उपमेयर अनिता कुमारी राईले तर्क गरिन्। 

यता ठेकेदार कम्पनीका प्रतिनिधि भक्तराम थोकरले गाउँपालिका र स्थानीयको समस्याकै कारण काममा ढिलाइ भएको बताए। ‘सुरुमा गाउँ सम्म सामान पुर्‍याउन समस्या भयो, फेरी गाउँमा पनि विवाद भयो।’ उनले भने, ‘पछि फेरी बर्सातका कारण सडक नै भएन हामी जति सक्तो छिटो गर्ने प्रयास गरिरहेका छौ, तर कहिले सम्म वत्ति बल्छ ? त्यो भन्न सक्दैनौ।’ गाउँ पालिकाले गरेको ढिला सुस्तीकै कारण त्यहाँका जनताले समयमै बिजुली बाल्न नपाएको उनको दाबी छ। 

भौतिक संरचना निर्माण सकिएको ठाउँमा समेत गाउँपालिकाले अनुगमन लगाएतको काममा तदारुकता नदेखाउँदा नागरिकले दशैं पहिला बिजुली बाल्न नपाएको उनीहरूको भनाई छ। सर्लाहीको बागमती नगरपालिकासँग सीमा जोडिएको सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका स्थानीयले वर्षौदेखि एक घण्टा पैदल दुरीमा पर्ने सर्लाही तर्फ बिजुली बलेको देख्दै आएका छन्। तर, आफूहरू वर्षौदेखि अन्धकारमा बस्न बाध्य भएको उनीहरूको गुनासो छ। अधिकांश चुरेको गाउँ भएकोले पनि बाटोको समस्या भएको ठेकेदार कम्पनीले जनाएको छ। -एसबी थापा/न्युज कारखाना

प्रकाशित: Nov 27, 2021| 21:35 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।