बुधबार, भदौ ३, २०८३

दुई लाख डलरसहित पोखराबाट एक जना पक्राउ

काठमाडौंबाट पोखराका लागि आउँदै गरेको माईक्रो बसबाट प्रहरीले एक लाख ९४ हजार दुई सय अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको हो।
 |  शनिबार, मंसिर ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

पोखरा- कास्की प्रहरीले ठूलो मात्रामा अमेरिकी डलरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। काठमाडौंबाट पोखराका लागि आउँदै गरेको माईक्रो बसबाट प्रहरीले एक लाख ९४ हजार दुई सय अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मुस्ताङको लो घेकर दामोदर कुण्ड घर भइ पोखराको शिवालय चोकका छिरिङ डुन्डुक गुरुङ छन्। प्रहरीले बरामद गरेको रकम दुई करोड ३२ लाख ६ हजार नेपाली रुपैयाँ हुन्छ। कास्की प्रहरीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले उनी बारे थप अनुसन्धान भइरहेको बताएका छन्।

‘विगतको गतिविधि हेर्दा काठमाडौंबाट ठूलो मात्रामा डलर लिएर गाडीमार्फत पोखरा आउने र प्लेन चढेर काठमाडौं जाने गरेको खुलेको छ। अरु अनुसन्धान भैरहेको छ,’ उनले भने।

डलर बोकेर आएको भन्ने गोप्य सूचनाको आधारमा गुरुङलाई वडा प्रहरी कार्यालय गगनगौंडाले पक्राउ गरेको हो। उक्त रकम केका लागि ल्याइएको र कहाँ लगानी हुँदै थियो भन्ने प्रहरीले खुलाएको छैन।

प्रकाशित: Nov 27, 2021| 14:22 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।