बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रौतहट घटना फलोअप : दोषीलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीसमक्ष माग

रौतहट घटना फलोअप : दोषीलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीसमक्ष माग

रौतहट जिल्ला कारागारभित्र भएका घटनामाथि अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्री बालकृष्ण खाँड समक्ष एड्भोकेसी फोरमले माग गरेको छ।
 |  शनिबार, मंसिर ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

काठमाडौं- रौतहट जिल्ला कारागारभित्र भएका घटनामाथि अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्री बालकृष्ण खाँड समक्ष एड्भोकेसी फोरमले माग गरेको छ। एड्भोकेसी फोरमका तर्फबाट दोषीलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीसँग माग गरिएको निर्देशक ओमप्रकाश सेन ठकुरीले बताए। 

घटना गम्भीर प्रकृतिको भएको र तत्काल कारबाही प्रक्रिया अघि बढाउनुपर्ने भएकाले इमेलमार्फत् अपिल गरिएको हो। 'गृहमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने तयारी गरिएको छ। घटना गम्भीर भएकाले गृहमन्त्री र प्रहरीलाई इमेल चाहिँ पठाइसकेका छौँ। गृहमन्त्रीको समय माग गरिएको छ,' निर्देशक ठकुरीले भने, 'गृहमन्त्रीसँग जतिसक्दो चाँडै भेट गर्ने तयारीमा छौँ।'

रौतहट कारागारभित्र कैदीहरूमाथि भएको चरम आर्थिक शोषण, शारीरिक यातना, अमानवीय व्यवहार र बलात्कार तथा समलैंगिक यौन शोषण र त्यसका आरोपितहरूलाई गरिएको संरक्षणका विषयमा नेपाल समयमा समाचार प्रकाशन भएपछि एड्भोकेसी फोरमले गृहमन्त्री खाँडसमक्ष यस्तो माग गरेको हो। 

'रौतहट कारागारभित्र प्रशासनकै संरक्षणमा कैदीहरूमाथि भएको आर्थिक शोषण, शारीरिक यातना, अमानवीय व्यवहार र बलात्कार/समलैंगिक यौन शोषणको विषयमा प्रकाशित समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ,' एड्भोकेसी फोरमले गृहमन्त्री खाँडलाई पठाएको पत्रमा भनिएको छ, 'घटनाको सत्यतथ्य छानबिन गरी कानुन प्रक्रिया गर्न माग गर्छौँ।'

एड्भोकेसी फोरमले पीडितहरूको संरक्षण गर्न र क्षतिपूर्तिको व्यवस्था गर्न समेत माग गरेको छ। उसले यस्ता अमानवीय घटना नदोहोरिने वातावरण निर्माण गर्न पनि आग्रह गरेको छ। 

कारागारमा मंसिर १ गते लडाइ साह कारागारको शौचालयमा घाँटीमा पासो लगाएको अवस्थामा भेटिएका थिए। उनको रौतहट अस्पतालमा मृत्यु भयो। कारागार प्रशासनले उनले आत्महत्या गरेको बताउँदै आएको छ भने उनले आत्महत्या गरेको नभएर हत्या गरिएको भन्दै त्यहाँका कैदीबन्दी आन्दोलनमा उत्रिएका छन्। 

कैदीबन्दीहरूले कारागारका दुई नाइकेहरुले यौन शोषण गरेको आरोपसमेत लगाएका छन्। भाइ नाइके अर्थात् जयबाबु सिंह र कारागारका रामनरेश यादव भनिने दाइ नाइकेले अप्राकृतिक मैथुन गर्न बाध्य पारेको समेत उनीहरूको आरोप छ। 

कैदीहरुलाई ४ सय प्रतिशतभन्दा महँगोमा सामान किन्न बाध्य बनाएको तर बाहिरबाट सामान मगाउँदा कुटपिट गर्ने गरेको आरोप पनि कैदीबन्दीहरूले नाइकेहरुमाथि लगाएका छन्। 

कारागारमा भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको टोलीले अध्ययन गरिरहेको छ। टोली कारागारको निरीक्षण गर्न जेलमा भित्र पुगेको हो। मानवअधिकार आयोगको प्रादेशिक कार्यालयले रौतहट कारागारमा भएको मृत्यु र त्यहाँको समस्यामाथि प्रतिवेदन तयार गरिरहेको छ। 

कारागारमा देखिएको बेथितिबारे अनुगमनमा गएको आयोगको टोलीका सदस्य वीरवहादुर बुढा मगरले घटनाबारे रिपोर्ट तयार पारिरहेको बताएका छन्। ‘हामीले कारागार अनुगमन गर्न गयौं। रिपोर्ट तयार गरिरहेका छौं। तयार पारेपछि केन्द्र पठाउँछौं। अनि, केन्द्रले नै सार्वजनिक गर्ला,’ उनले भने।

रौतहट कारागारका जेलर शम्भु यादवले भने कारागारको तनाव सामान्य भइसकेको दाबी गरेका छन्।

प्रकाशित: Nov 27, 2021| 20:25 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।