बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आठपहरियालाई आदिवासी जनजातिमा सूचीकृत गरिनुपर्ने माग सुनुवाइ भएन

आठपहरियालाई आदिवासी जनजातिमा सूचीकृत गरिनुपर्ने माग सुनुवाइ भएन

यो पर्वलाई अन्य जातिको पर्वको जस्तो राज्यले चासो नदिएको आठपहरिया समुदायको गुनासो छ। अन्य जातिको पर्वको सरकारले लामो समय सार्वजनिक बिदा दिए पनि यो चाडमा धनकुटा नगरपालिकाले एक दिन स्थानीय बिदा दिएर टारेको गुनासो उनीहरूको छ।
 |  शनिबार, मंसिर ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

धनकुटा- धनकुटा नगरपालिकामा मुख्य थलो रहेको आठपहरिया यतिबेला आफ्नो प्रमुख चाड वाडाङ्मेट मनाउन व्यस्त छन्। आठपहरिया राईहरूको वर्षभरिमा परेको मृत्यु शोक सामूहिक रूपमा उकास्ने यो एक मात्र पर्व हो वाडाङ्मेट।

वाडाङ्मेटमा वर्षभरिमा मृत्यु हुने परिवारका सम्पूर्ण सदस्य तीन दिन हिँडेर सुनसरीको बराह क्षेत्रस्थित कोकाहा खोलामा नुहाएर कपाल, दाह्री मुण्डन गरी बराह भगवानको दर्शन गरी बरखी फुकाउने चलन छ। यो चाडमा आफन्तको दु:ख बोक्नेले कपाल काटेर दसिसहित केश बगाउने प्रचलन छ।

तीन दिने यात्राको क्रममा बरखी फुकाउने व्यक्तिले खोलाको बगर तथा खुल्ला ठाउँमा बस्नुपर्ने र अन्य समयमा गाउन नमिल्ने मुन्धुम तथा भक्ति गाउने चलन रहेको उमेश आठपहरियाले बताए।

यो चाडमा दु:ख बिर्सिएर भक्ति गाउनुका साथै ढोल, मारुनी, डल्लो नाच नाचेर तथा राँगाको मासु, कुबिन्डो र फिलुगें अचारलगायतका परिकार खाएर मनाइन्छ। कात्तिक पूर्णिमाबाट सुरु भएको यो चाड औंशीसम्म जारी रहन्छ। अन्य जातजातिको भन्दा फरक कला संस्कृति भए पनि यसको प्रचारप्रसार हुन नसकेको दिलबहादुर छाराहाङ आठपहरियाले बताए। 

यो पर्वलाई अन्य जातिको पर्वको जस्तो राज्यले चासो नदिएको आठपहरिया समुदायको गुनासो छ। अन्य जातिको पर्वको सरकारले लामो समय सार्वजनिक बिदा दिए पनि यो चाडमा धनकुटा नगरपालिकाले एक दिन स्थानीय बिदा दिएर टारेको गुनासो उनीहरूको छ।

आठपहरिया जातिको उत्थानका लागि विभिन्न काम गरेर जागरुक गर्ने काम गरिरहेको आठपहरिया समाज धनकुटाका अध्यक्ष अष्टबहादुर आठपहरियाले बताए। धनकुटा नगरपालिकामा मात्र बसोबास रहेको यो जातिको जनसंख्या करिब २० हजारको हाराहारीमा छ। यो जातिले आफूलाई आदिवासी जनजातिमा सूचीकृत गरिनुपर्ने माग राख्दै आए पनि सुनुवाइ हुन सकेको छैन। -न्युजकारखाना

प्रकाशित: Nov 27, 2021| 11:01 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।