बझाङ- बझाङमा एक पुरुषको कुटपिटबाट हत्या भएको छ। जयपृथ्बी नगरपालिका-७ ज्वाडामा कुटपिट गरी पुरुषको हत्या गरिएको हो।
ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीलाई सोही वडाका दिपेन्द्र थापाले शनिबार राति कुटपिट गरेका थिए। प्रहरीका अनुसार थापाको करिब पौने ८ बजेको समयमा मृत्यु भएको हो।
कुली बाँधको घाटमा आगो तापी रहेका बेला दुवै जनाबीच सामान्य भनाभन हुँदा मृतक भण्डारीले आगोको अगुल्टोले हानेको र थापाले बाहिर ल्याएर कुटपिट गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
कुटपिटपछि घाइते भएका भण्डारीलाई उपचारको लागी जिल्ला अस्पताल ल्याइएको भए पनि उपचारको क्रममा उनको मृत्यु भएको हो। थापालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।