बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महाधिवेशनमा सहभागी एमाले सचिव आचार्यलाई कोरोना देखिएपछि आइसोलेसनमा

महाधिवेशनमा सहभागी एमाले सचिव आचार्यलाई कोरोना देखिएपछि आइसोलेसनमा

एमालेको १० औं महाधिवेशनमा सहभागी भएका एमाले सचिव भीम आचार्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, मंसिर ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

काठमाडौं- एमालेको १० औं महाधिवेशनमा सहभागी भएका एमाले सचिव भीम आचार्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

महाधिवेशन थलो सौराहास्थित सेभेन स्टार होटलमै उनी आइसोलेसनमा बसेका हुन्। ज्वरो आएपछि उनको कोरोना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको थियो ।

आचार्यको अवस्था सामान्य रहेको र उनी चिकित्सककै निगरानीमा रहेको जनाइएको छ। उनी शुक्रबारको पार्टी उद्घाटन सत्र र बेलुकाको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका थिए। 

उनी १० औं महाधिवेशनबाट फेरि सचिवमै दोहोरिने आकांक्षा राखेका छन्। 

उनका सम्पर्कमा आएका नेताहरुलाई पनि कोरोना भाइरसको परीक्षण गराइने भएको छ। कोरोना महामारी अन्त्य नभइसकेको अवस्थामा शुक्रबार हजारौं मानिसहरु जम्मा भएका थिए। 

प्रकाशित: Nov 27, 2021| 13:44 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।