बुधबार, भदौ ३, २०८३

टायर बालेर कैलालीमा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि आइतबार बिहानैबाट पूर्व-पश्चिम राजमार्ग अवरुद्ध मारिएको छ।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

धनगढी- कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि आइतबार बिहानैबाट पूर्व-पश्चिम राजमार्ग अवरुद्ध मारिएको छ। शनिबार मोटरसाइकल चालक वसन्तराज शर्माको ट्रकको ठक्करबाट मृत्यु भएको विरोधमा आफन्तले बिहानैदेखि राजमार्ग अवरुद्ध पारेका हुन्।

मृतकका आफन्तले टायर बालेर बिहान ८ बजेबाट सडक अवरुद्ध गरेको प्रहरीले जनाएको छ। ट्रक चालकको पहिचान नभएको र उनी फरार रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उनको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ।

शनिबार जिल्लाको घोडाघोडी नगरपालिका-५ डोकेबजारमा पश्चिमबाट पूर्वतर्फ गइरहेको सु.प.प्र.०१ ००८ प ५४७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको लु१ख ४६६६ नम्बरको ट्रकले ठक्कर दिएको थियो। 

ट्रकले ठक्कर दिँदा घाइते भएका शर्माको सुखडस्थित घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।

प्रकाशित: Nov 28, 2021| 10:08 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।