बुधबार, भदौ ३, २०८३

प्रदूषण बढ्यो, मौसम सफा हुन अझै केही दिन लाग्ने

मौसम धुम्मिएकाले देशभर चिसो बढिरहेको छ। प्रदूषण बढेर आकाश खुल्न नसकेपछि देशभर चिसो बढेको हो।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

काठमाडौं- मौसम धुम्मिएकाले देशभर चिसो बढिरहेको छ। प्रदूषण  बढेर आकाश खुल्न नसकेपछि देशभर चिसो बढेको हो।

सहरीकरण, जथाभाबी आगो बाल्नु तथा फोहोर जलाउनु, पानी नपर्नु र वायुमण्डलमा धुलोका कण बढ्दै गएकाले प्रदूषणको मात्रा बढेको वातावरण विभागले जनाएको छ।

नेपालको पूर्वी भूभागमा बंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। तर, पनि नेपालमा पानी पर्ने कुनै प नि मौसमी प्रणाली नरहेकाले मौसम खुल्न समय लाग्ने बताइएको छ। तत्काल पश्चिमी वायुको प्रभाव रहने नदेखिएकाले केही दिन मौसम धुम्म नै रहनेछ मौसम विद्‍हरूले बताएका छन्।

प्रदूषण बढेसँगै श्वासप्रश्वासमा  समस्या भएका, वृद्धवृद्धा, दीर्घ रोगी र बालबालिका मारमा पर्ने भएकाले उच्च स्वास्थ्य  सावधानी अपनाउन जनस्वास्थ्य विद्हरूले आग्रह गरिरहेका छन्।

प्रकाशित: Nov 28, 2021| 08:55 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।