बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • परराष्ट्र मन्त्रालयविरुद्ध उच्च अदालत पाटनमा मुद्दा

परराष्ट्र मन्त्रालयविरुद्ध उच्च अदालत पाटनमा मुद्दा

सरकारविरुद्धको निवेदनमामा १०औं महाधिवेशन गराउन संरक्षक परिषद्लाई जिम्मा दिने मन्त्रालयको निर्णय गैर कानुनी रहेको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ।
 |  शनिबार, मंसिर ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

लण्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकार परराष्ट्र मन्त्रालय विरुद्ध मुद्दा दायर गरेको छ। गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले  परराष्ट्र मन्त्रालयले अन्यायपूर्ण पत्रजारी गरेको कारणले संघ बाध्य भएर सरकारविरुद्ध अदालतमा गएको बताएका छन्। 

संघले शनिबार पत्रकार सम्मेलन गर्दै उच्च अदालत पाटनमा उत्प्रेरण आदेश माग गदै परराष्ट्र मन्त्रालयसहित सरकारविरुद्ध पहिलो पटक संघले मुद्दा दायर गरेको जनाएको छ। 

सरकारविरुद्धको निवेदनमामा १०औं महाधिवेशन गराउन संरक्षक परिषद्लाई जिम्मा दिने मन्त्रालयको निर्णय गैर कानुनी रहेको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ।

संघका अध्यक्ष पन्तले संरक्षक परिषद्लाई अनावश्यक चलखेल नगर्न आग्रह गरेका छन्। उनले संघको विवाद समाधान गर्न संघ सक्षम रहेको बताए। पन्तले संघको १०औं महाधिवेशन तथा निर्वाचन डिसेम्बर महिनाभित्रै हुने बताए।

पत्रकार सम्मेलनमा संघका महासचिव डा. हेम राज शर्मा र प्रवक्ता डिबी क्षेत्रीले आ-आफ्नो भनाइहरू राखेका थिए। 

प्रकाशित: Nov 27, 2021| 23:00 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।