पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग र चोहर्वादेखि सिरहा सडक खण्डको पेट्रोल पम्पसम्म ५ सय मिटर आसपासका क्षेत्रसम्म निषेधाज्ञाको क्षेत्र तोकिएको छ।
जाजरकोट सदरमुकामको मुटु रहेको जिल्लाकै पुरानो त्रिभुवन माध्यमिक विद्यालय मेला लगाउनकै लागि बन्द गरिएको छ। पुस १२ देखि १६ गतेसम्म विद्यालय बन्द गरी मेला लगाएको हो।
गत आर्थिक वर्षको सोही अवधिमा प्रहरीले ४४ लाख ८३ हजार ३ सय जरिवाना गरेको थियो। गत वर्षका तुलनामा यस वर्ष मास्क नलगाउनेलाई गरिएको जरिवना रकम ८१ प्रतिशले घटेको हो।
कर्णाली नदीमा भइरहेको उत्खननका कारण टीकापुर जोखिममा परेको भन्दै जनस्तरबाट गुनासो आउन थालेपछि टीकापुर नगरपालिकाले चालू आर्थिक वर्षमा कर्णाली नदीमा नदीजन्य पदार्थको उत्खननका लागि ठेक्का बन्द गरेको छ।
जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्याको घटनाको सत्यतथ्य बाहिर नआउनुले सो घटना राज्यकै मिलेमतोमा भएको शंका उब्जिएको बताएका छन्।
विश्व सरसफाइ अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका छन्। पुस ४ गतेदेखि माघ ४ गतेसम्म अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका हुन्।