मंगलबार, भदौ २, २०८३

लोहोरोले हानेर श्रीमतीको हत्या

पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ इम्बुङमा घरायसी झगडामा श्रीमान्ले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ।
 |  सोमबार, पुस १२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १२, २०७८

पाँचथर- पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ इम्बुङमा घरायसी झगडामा श्रीमान्ले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ।

इम्बुङका इन्द्रकुमार नेम्वाङले यही पुस ९ गते घरायसी झगडामा आफ्नी श्रीमती ४५ वर्षीया जीवनकुमारी नेम्वाङको टाउकोमा लोहोरोले प्रहार गरेका थिए।

लोहोरोले लागेर गम्भीर घाइते भएकी जीवनकुमारीको झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेकामा आइतबार उपचारकै क्रममा मृत्यु भएको थियो। 

जीवनकुमारीको मृत्यु भएपछि उक्त विषयको जानकारी पाएको प्रहरीले लगत्तै इन्द्रकुमारलाई उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए।

घटनाबारे नेम्वाङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Dec 27, 2021| 21:30 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।