सोमबार, भदौ १, २०८३

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

 |  सोमबार, भदौ १, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०८३

काठमाडौं। जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले परमादेश जारी गर्दै रिहाको आदेश दिएका हुन्।

साथै इजलासले जफत गरिएका सञ्चार माध्यमका सामग्री र श्रेष्ठको घरबाट लगिएका समान फिर्ता गर्नसमेत आदेश दिएको छ।

यसअघि शुक्रबार सर्वोच्चले श्रेष्ठलाई उनको कार्यलयबाट बरामद गरिएका सामानसहित हाजिर गराउन आदेश जारी गरेको थियो। श्रेष्ठ गत बुधबार वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका थिए।

प्रकाशित: Aug 17, 2026| 19:48 सोमबार, भदौ १, २०८३
प्रतिक्रिया दिनुहोस्