मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सांसद होइन, विषय विशेषज्ञलाई मन्त्री बनाऔँ : उपकुलपति

सांसद होइन, विषय विशेषज्ञलाई मन्त्री बनाऔँ : उपकुलपति

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले सांसद नभई विषय विशेषज्ञलाई मन्त्री बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
 |  मंगलबार, पुस १३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १३, २०७८

काठमाडौं- मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले सांसद नभई विषय विशेषज्ञलाई मन्त्री बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।

विश्वविद्यालयको केन्द्रीय कार्यालय सुर्खेतमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत नेपालका ११ वटा विश्वविद्यालयमध्ये मध्यपश्चिम विद्यालयमा लेखा र वित्तमा विद्यावारिधि गरेको अब्बल व्यक्तिलाई रजिष्ट्रार नियुक्ति गरेको बताउँदै उपकुलपति प्रा.डा. सिहले भने, ‘नेपालमा दुर्भाग्य छ, ठेकेदार हुने विज्ञानमन्त्री बन्ने, कानून पढ्ने उद्योगमन्त्री बन्ने संस्कार आज पनि छ। अब नेपालको पार्टी र सरकारले सांसदलाई मन्त्री हुने कुराबाट बन्द गर्नुपर्‍यो।’

नेपालका पार्टी र प्रधानमन्त्रीलाई आग्रह गर्दै उपकुलपति प्रा.डा. सिंहले भने, ‘मान्नुहुन्छ भने कुनै पनि सांसदलाई मन्त्री हुने बाटो बन्द गर्नुहोस्। त्यो परम्पारलाई अन्त्य गर्नुहोस्। अब विज्ञानको विज्ञ विज्ञानमन्त्री, शिक्षाको विज्ञ शिक्षामन्त्री, उद्योग क्षेत्रको विज्ञ उद्योगमन्त्री र शहरी विकासको विज्ञ शहरी विकासमन्त्री बनाउने संस्कारको विकास गर्नुहोस्।’

उनले प्रधानमन्त्रीलाई उत्कृष्ट र विज्ञ व्यक्तिलाई मन्त्री बनाउन पनि अपिल गरे। विज्ञ जनशक्तिले मात्र देश बनाउन सक्ने उनको जिकिर थियो। पत्रकार सम्मेलनमार्फत उनले विश्वविद्यालयबाट १५ श्रेणीका अवार्ड तथा कदर एवं प्रशंसापत्र घोषणा गरिएको जानकारी दिए। सो अवसरमा उपकुलपति सिंहले विश्वविद्यालयको एघारौँ सभामा भएका गतिविधि र खर्चको पनि स्पष्ट जानकारी दिएका थिए। रासस


प्रकाशित: Dec 28, 2021| 06:30 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।