मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल मेडिकल कलेजमा एक महिनासम्म इमर्जेन्सी र ओपीडी दर्ता नि:शुल्क

नेपाल मेडिकल कलेजमा एक महिनासम्म इमर्जेन्सी र ओपीडी दर्ता नि:शुल्क

जोरपाटी स्थित नेपाल मेडिकल कलेजले एक महिनासम्म इमर्जेन्सी र ओपीडीमा पुग्ने बिरामीको दर्ता नि:शुल्क गर्ने भएको छ।
 |  सोमबार, पुस १२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १२, २०७८

काठमाडाैं- राजधानीको जोरपाटीस्थित नेपाल मेडिकल कलेजले एक महिनासम्म इमर्जेन्सी र ओपीडीमा पुग्ने बिरामीको दर्ता नि:शुल्क गर्ने भएको छ।

सोमबार मेडिकल कलेजमा आयोजित पत्रकार सम्मेलनमा कलेजका प्रबन्ध निर्देशक बसुरुद्दीन अन्सारीले इमर्जेन्सी र ओपीडी सेवामा सम्पूर्ण बिरामीको दर्ता (नयाँ र पुरानो) शुल्कमा १०० प्रतिशत छुट गरिने जानकारी दिएका हुन्। 

अस्पताल पुग्ने बिरामीले सरल र सुलभ तरिकाले बढीभन्दा बढी उपचार सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले  २०७८ पुस १५ देखि माघ १५ सम्म सो सेवा प्रदान गर्ने जनाएका छन्। 

सो अवधिमा साधारण शय्यामा भर्ना भई उपचार गराउँदा शय्या शुल्कमा १०० प्रतिशत छुट गरिने उनले बताए। ३ सय ७२ जनरल शय्याको कलेजको अस्पतालमा सामान्य अवस्थामा शुल्क १ हजार रुपैयाँ छ। 

साथै अस्पताल आईसीयू क्षमता विस्तार गर्ने भएको छ। अस्पतालको २३ शय्या आईसीयू थपिने जानकारी उनले दिए। अस्पतालमा हाल ७७ बेड आईसीयू सञ्चालनमा रहेकोमा २३ वेड आईसीयू थपिएसँगै अस्पतालमा आईसीयू बेडको संख्या १ सय पुग्नेछ। 

उनका अनुसार आगामी वर्षभित्र मेडिकल कलेजले अस्पतालमा क्याथल्याब सेटपअ गरेर सञ्चालनमा ल्याउनेछ। 'अहिले अस्पतालमा १ सिटी स्क्यान र १ एमआरआई मेसिन रहेको छ', उनले भने, 'अस्पतालमा ५ वटा अल्ट्रासाउण्ड, १ वटा टेस्लाको एमआई र १ सिटी स्क्यान थप्ने तयारीमा छाैं। मेडिकल कलेजले प्रयोगशालालाई सुविधासम्पन्न बनाउने र ब्लड बैक विशेष सेवा पनि प्रदान  गर्ने जनाइएको छ।

प्रकाशित: Dec 27, 2021| 13:31 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।