मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिरहामा निषेधाज्ञा जारी, हिँडडुल गरेको भेटिए कारबाही गरिने

सिरहामा निषेधाज्ञा जारी, हिँडडुल गरेको भेटिए कारबाही गरिने

पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग र चोहर्वादेखि सिरहा सडक खण्डको पेट्रोल पम्पसम्म ५ सय मिटर आसपासका क्षेत्रसम्म निषेधाज्ञाको क्षेत्र तोकिएको छ।
 |  मंगलबार, पुस १३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १३, २०७८

काठमाडौं- सिरहा प्रशासनले पूर्वपश्चिम राजमार्ग र सिरहा चोहर्वा सडकखण्डमा दुई दिनका लागि निषेधाज्ञा जारी गरेको छ। सीके राउत नेतृत्वको जनमत पार्टीको चक्काजाम असफल पार्न प्रशासनले निषेधाज्ञा जारी गरेको हो। 

प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले आज र भोलि विहान ५ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा जारी गरेको जानकारी दिए।  पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग र चोहर्वादेखि सिरहा सडक खण्डको पेट्रोल पम्पसम्म ५ सय मिटर आसपासका क्षेत्रसम्म निषेधाज्ञाको क्षेत्र तोकिएको छ। 

सो अवधिभर राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात सुचारु रहनेछ भने बाहिर हिँडडुल गर्न, भेला हुन तथा राजनीतिक सभा र गतिविधि गर्न नपाउने सूचनामा उल्लेख छ। सूचनाको उल्लंघन गरेमा कारबाही गर्ने चेतावनी समेत दिइएको छ। 

सिके राउत नेतृत्वको जनमत पार्टीले माग पुरा गर्न प्रशासनले चासो नदेखाएको भन्दै आज र भोलि जिल्लाभर चक्काजाम गर्ने निर्णय गरेको थियो। जनमत पार्टीको निर्णय लगातै सिरहाका प्रमुख जिल्ला अधिकारी कवारीले सूचना जारी गरेर निषेधाज्ञाबारे जानकारी दिनुभएको हो। 

जनमतले पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टीले आन्दोलन गर्दै आएको छ।

प्रकाशित: Dec 28, 2021| 09:15 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।