बुधबार, असार १०, २०८३

समाज

बर्डफ्लु सन्त्रास : सीमानाका साँगामा उच्च सतर्कता

उपत्यकाको पूर्वी नाकाका रुपमा रहेको साँगामा २४ सै घण्टा पशुपक्षीलगायत वस्तु आयात-निर्यातमा सतर्कता अपनाउँदै परीक्षण थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८

विभिन्न स्थानबाट लागुऔषधसहित ११ जना पक्राउ

नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट लागुपदार्थसहित ११ जनालाई पक्राउ परेको छ। काठमाडौं उपत्यकाबाट मात्रै ५ जनालाई नियन्त्रणमा लिएको प्रहरीले उपत्यकाबाहिरका स्थानबाट ७ जनालाई नियन्त्रणमा लिएको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८

हात्तीपाइले रोगविरुद्धको औषधि सेवनमा नागरिकको उत्साह बढ्दो

जनस्वास्थ्य कार्यालय मोरङद्वारा आज यहाँ आयोजित ‘हात्तीपाइले रोगविरुद्धको औषधि सेवन’ शुभारम्भ कार्यक्रममा सो उत्साह देखिएको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८

टोटी नालामा ट्रस्ट पुल बन्ने

पुल उपभोक्ता समितिमार्फत निर्माण गरिनेछ। त्यसमा सामाजिक तथा प्राविधिक सहयोग नेपाल राष्ट्रिय विकास समाज कञ्चनपुरको रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८

तराई मधेशमा बढ्यो महङ्गी

सुगम र सहज यातायात सञ्जाल, स्रोत तथा साधनको उपलब्धता भएपनि तराईमा मूल्यवृद्धिको मात्रामा वृद्धि भएको पाइएको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८

फुङ्लिङका पीडित परिवारलाई रेडक्रसद्वारा राहत वितरण

आगलागीबाट दुई घर जलेर नष्ट भएको छ। दुई घर नष्ट हुँदा सात घरका परिवार विस्थापित हुन पुगेको नेपाल रेडक्रस ताप्लेजुङले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८

हवाई क्षेत्रमा अर्को फड्को : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी

देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७२ वर्षपछि अब दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनको तयारीमा छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८

ऐतिहासिक क्षेत्रलाई जोड्न म्याराथन : मुख्यमन्त्री पोखरेल

व्यास नगरपालिका-५ मानुङकोटदेखि व्यास-८ पुलिमराङसम्मको ४४ किलोमिटरको नगरपालिकाद्धारा आज आयोजित अल्ट्रा म्याराथनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले मानुङकोटबाट शहीदग्राम पुलिमराङलाई खेलकुदका माध्यमबाट परिचित गराउन म्याराथनले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८

काठमाडौंको फोहर विसर्जनमा अवरोध कायमै

काठमाडौँ उपत्यकाको फोहर नुवाकोटको सिसडोलमा विसर्जन गर्न जारी रहेको अवरोध आज पनि कायमै रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८

झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको अभियान

झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८

ग्राण्डीमा १०३ बिरामीको मिर्गौला प्रत्यारोपण

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले सन् २०१६ जुलाईमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेपछि हालसम्म १०३ बिरामीको मिर्गौला प्रत्यारोपण गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८

भरतपुर अस्पतालमा सुत्केरी र नवजात शिशुको मृत्यु

चितवनको भरतपुर अस्पतालमा सुत्केरी गराउन आएकी एक महिला र नवजात शिशुको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८

राजनीतिक दल कमजोर र अस्तब्यस्त भए : पाण्डे

मानव अधिकार तथा शान्ति समाजको २४औं राष्ट्रिय परिषद् बैठक शुक्रबारदेखि कपिलवस्तुको वाणगंगामा सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८

चितवनमा मोटरसाइकल दुर्घटना‚ तीनजनाको मृत्यु

ईच्छाकामना गाउँपालिका-२ रमाइलो डाँडामा मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८

भक्तपुरमा फेरि बर्डफ्लू भेटियो

भक्तपुरमा फेरि बर्डफ्लू भेटिएको छ। जिल्लाको सूर्यविनायक नगरपालिका–१० स्थित जगतलक्ष्मी सुजखुले सञ्चालन गरेको सुवाल पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

कीर्ते गरेको आरोपमा भोटखोला-४ का वडाध्यक्ष पक्राउ

सङ्खुवासभा प्रहरीले जग्गा जालसाजीको आरोपमा भोटखोला गाउँपालिका-४ का वडाध्यक्षसहित सात जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

मादी दुर्घटनामा मृत्यु भएका परिवारलाई प्रदेश सरकारको सहयोग

संखुवासभाको मादीमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

रुकुम पश्चिममा वृद्ध महिला मृत फेला

एक सातादेखि घरबाट हराएकी मुसीकोट नगरपालिका-१३, की एक वृद्धाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

भारतीय मुद्रासहित विदेशी नागरिक पक्राउ

प्रतिबन्धित भारतीय मुद्रासहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना थाइ नागरिकलाई पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

विद्यार्थीलाई मानसिक यातना दिँदै नोबेल मेडिकल कलेज

विद्यार्थीलाई अनावश्यक टर्चर दिने, धम्की दिने जस्ता क्रियाकलाप गरेपछि विद्यार्थीहरु न्याय खोज्दै काठमाडौं आइपुगेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८